अमेरिकामा पहिलोपटक सुँगुरको मिर्गौला मानिसमा सफल प्रत्यारोपण – Janadesh Daily | ePaper

अमेरिकामा पहिलोपटक सुँगुरको मिर्गौला मानिसमा सफल प्रत्यारोपण


न्यूयोर्क ।

अमेरिकी चिकित्कसले सुँगरको मिर्गौलालाई मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । द न्यूयोर्क टाइम्सका अनुसार प्रत्यारोपणपछि यसले सामान्यरुपमै काम गरिरहेको छ ।

अमेरिकी चिकित्सा इतिहासमा यसलाई ठूलै उपलब्धी मानिएको छ भने चिकित्सकले अन्य मिर्गौला पीडितमा पनि यस्तै प्रयोग गर्ने योजना बनाइरहेका छन् ।

अनुसन्धानकर्ताले लामो समयदेखि सुँगुरको मिर्गौलालाई मानिसमा प्रत्यारोपण गर्न सकिनेबारे सोध गरिरहेका थिए । पछिल्लो समय क्लोनिङ र जेनेटिक इन्जिनियरिङले यो प्रयोगले मूर्तता पाउने कुराहरुमा सजिलो बनाइरहेको थियो ।

तर, जनावरबाट मानिसमा अंग प्रत्यारोपण गर्ने यो कार्यलाई लिएर केही नैतिक आचारणका प्रश्नहरु पनि उब्जिएका छन् । न्यूयोर्क राज्यस्थित ल्यानगोन स्वास्थ्य केन्द्रका चिकित्सकले परिवारको अनुमति लिएर मस्तिष्कको मृत्यु भैसकेका एक व्यक्तिमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका थिए ।

ती बिरामीलाई भेन्टिलेटरमा जीवितै राखिएको थियो । मिर्गौला प्रत्यारोपणपछि चिकित्सकले उक्त प्रत्यारोपित मिर्गौलाले काम गर्छ वा गर्दैन भनेर हेरेका थिए । यस्तो शल्यक्रिया पहिलोपटक भएको उनीहरुको भनाई छ ।

अनुसन्धानकर्ताले ५४ घण्टासम्म यसबारे अध्ययन गरेका थिए । तर, यो पद्धती चाँडै अन्य बिरामीमा भने लागू हुनेछैन किनभने त्यहाँ अन्य चिकित्सा र प्रविधिगत कठिनाइ आउनसक्छन् । तर, यस्तो शल्यक्रियामा संलग्न चिकित्सकले भने यसलाई कोशेढुंगा भनेका छन् ।

‘यो ठूलो सफलता हो’ शल्यक्रियामा संलग्न जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक तथा चिकित्सक डोरी सेगेभले भने, ‘यो अभूतपूर्व उपलब्धि हो ।’ अहिले अमेरिकामा १ लाखभन्दा बढी बिरामी मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्