साबिक राप्तीका ८ बिद्यालय नमुना बिद्यालयका रुपमा छनौट – Janadesh Daily | ePaper

साबिक राप्तीका ८ बिद्यालय नमुना बिद्यालयका रुपमा छनौट


चन्द्रप्रकाश नेपाली

शिक्षा, विज्ञान तथा प्रविधि ...

दाङ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी बर्षका लागि साविकको राप्तीबाट ८ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा छनौट गरेको छ ।

सबै स्थानीय तहमा नमुना विद्यालय विकास गर्ने उद्देश्य अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट छनौट गरेका एकसय बिद्यालय मध्य दाङ सहित रोल्पा, रुकुम, प्युठान र सल्यानका ८ वटा विद्यालय नमुना विकास विद्यालयको सूचिमा परेका हुन् ।

जसमध्य दाङको दंगीशरण गाउँपालिका ३ मा रहेको वीरेन्द्र माध्यामिक विद्यालय, सल्यानको कपुरकोट गाउँपालिका ५ मा रहेको जीवन ज्योति माध्यामिक विद्यालय, रुकुम पूर्वको भूमे गाउँपालिका ९ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, रुकुम पश्चिमको छिबाङ नगरपालिकामा रहेको महेन्द्र माध्यामिक विद्यालय रहेका छन् ।

त्यस्तै रोल्पाको सुनिल स्मृति गाउँपालिका २ मा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालय, त्रिवेणी गाउँपालिका ५ मा रहेको जनजागृति माध्यामिक विद्यालय, प्युठानको माण्डवी गाउँपालिका ३ मा रहको माण्डवी माध्यामिक विद्यालय र स्वर्गद्धारी नगरपालिकामा रहेको अमर माध्यामिक विद्यालय रहेका छन् ।

नमुना विकासका लागि छनौटमा परेका विद्यालयले प्रति विद्यालयको भौतिक र शैक्षिक सुधारका लागी एक करोड ५० लाख रुपैयाँ पाउने भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्