कुनै पनि हालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुनु हुँदैनः शर्मा – Janadesh Daily | ePaper

कुनै पनि हालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुनु हुँदैनः शर्मा


चन्द्रप्रकाश नेपाली,

नेकपाले छान्यो राष्ट्रियसभा ...

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताउनुभएको छ ।

१८ बर्षअघि आजकै दिन तत्कालीन शाही सेनाद्वारा सामूहिकरुपमा १२ जना दलितहरुको हत्या भएको दिनको सम्झनामा दंगीशरण २ गोल्टाकुरीमा सहिद परिवारले आयोजना गरेको स्मृति सभालाई सम्वोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

सहिद तथा बेपत्ता परिवारका केही गुनासा र समस्या रहेको स्वीकार गर्दै उहाँले आजको परिवर्तनको पहिलो हकवाला नै सहिद बेपत्ता परिवार र घाइते अपांगहरु भएकाले उनीहरुको ब्यवस्थापन राज्यसत्ताको दायित्व भएको बताउनुभयो ।

नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले सहिदहरु यो परिवर्तनका सम्पत्ति भएकाले सहिद तथा बेपत्ता परिवारकै सुझावअनुसार पार्टी अघि बढ्ने बताउनुभयो ।

कम्युनिष्ट आन्दोलन र विकास निर्माण, जीविकालगायत हरेक क्षेत्रमा सहिद परिवारलाई समावेश गरेर लगिने पनि उहाँले बताउनुभयो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्