डान्सर सुशान्त खत्रीको आरोप: बिना गल्ती प्रहरीले झापड हान्यो – Janadesh Daily | ePaper

डान्सर सुशान्त खत्रीको आरोप: बिना गल्ती प्रहरीले झापड हान्यो


काठमाडौँ ।

चर्चित डान्सर सुशान्त खत्रीले आफूमाथि प्रहरीले बिना कारण दुर्व्यवहार गरेको बताएका छन् । भारतीय टिभी रियालिटी सो ‘इन्डियाज डान्सिङ सुपरस्टार’ बाट चर्चामा आएका खत्रीले सामाजिक सञ्जाल फेबसुक र इन्स्टाग्राममार्फत प्रहरीको दुर्व्यवहारमा परेको खुलाएका छन् ।

आइतबार राति ह्यालोविन पार्टीमा सहभागी हुन ठमेलको एलओडी र सेनेटमा गएकाबेला सो घटना भएको उनले बताएका छन् । साथीहरुसँग बसेर अबरेसम्म रमाइलो गरिरहेको बेला प्रहरीले क्लब बन्द गराउन आउँदा आफू बिल तिरेर निस्किने बताएपछि केही कारण मिसअन्डरस्ट्यान्डिङ भएको उनले बताएका छन् । त्यसपछि पुलिसले आफ्नो काँधमा समातेर घिसारेर बाहिर लगेको र गालामा एक झापड हानेको उनले बताए। केही पनि गल्ति नभई बिनाकारण झापड खाएको बताउँदै खत्रीले आफूलाई झापड हान्न प्रहरीको केही अधिकार नभएको बताएका छन् ।

त्यस्तै, प्रहरीले आफूलाई ज्याकेट र मास्कसमेत लगाउन नदिई हाफ सर्टमै सोह्रखुट्टे प्रहरी चौकी लगेर एक घन्टा थुनेको उनले बताए ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्