आइसिसी महिला टी–२० विश्वकप: नेपालले पहिले व्याटिङ गर्ने – Janadesh Daily | ePaper

आइसिसी महिला टी–२० विश्वकप: नेपालले पहिले व्याटिङ गर्ने


काठमाडौँ ।

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले हङकङविरुद्धको खेलमा ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमीमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङ गर्ने भएको हो ।

पहिलो पटक विश्वकप खेल्ने सोचमा रहेको नेपाल हङकङलाई पराजित गर्दै प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । यता हङकङ पनि नेपाललाई पराजित गर्दै जीत निकाल्ने दाउमा छ ।

विभिन्न छ टोली सहभागी उक्त प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टी–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । नेपाली महिला टोलीले २०१९ को टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई चार विकेटले हराएको थियो । त्यसयता नेपाल र हङकङको भेट भएको छैन । छनोटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल भूटानसँग भोलि खेल्नेछ भने तेस्रो खेल कुवेतसँग बिहीबार खेल्ने तालिका रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्