लोकप्रिय लोकदोहोरी गायक राजु परियार सम्मानित – Janadesh Daily | ePaper

लोकप्रिय लोकदोहोरी गायक राजु परियार सम्मानित


जनादेश । नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक राजु परियारलाई लमजुङमा अभिनन्दनसहित सम्मान गरिएको छ । बेँसीसहर नगरपालिका– ३ गाउँसहरमा रहेको लमजुङ दरबारमा एक कार्यक्रमका बीच परियारलाई सम्मान गरिएको हो ।

दरबार हाताभित्र पुननिर्माण गरिएको शिवमन्दिर र हनुमानको मूर्ति प्रतिस्थापन कार्यक्रमको अवसरमा परियारलाई लमजुङ गाउँसहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो । लोकदोहोरीको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँसहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए ।

परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र थापाले परियारलाई सम्मान गरेका हुन् । गायक राजु परियारसँगै उपकुलपति डा. जगमान गुरुङ, त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रमुख डा.बमबहादुर अधिकारी र गाउँसहरका जेष्ठ नागरिक  १ सय ४ वर्षका रामबहादुर मालुवालाई अभिनन्दन गरिएको सशस्त्र प्रहरीका पूर्वएआइजी एवं लमजुङ गाउँसहर समाजका सदस्य रोहित थापाले बताए । उनका अनुसार कार्यक्रममा पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाको समेत उपस्थिति रहेको थियो ।

साबिकको गाउँसहर– ९ हाल बेँसीसहर– २ चिसापानीमा जन्मिएका परियारले दोहोरी क्षेत्रमा झन्डै १५ हजार बढी गीतमा आवाज दिइसकेका छन् । उनले आवाज दिएका अधिकांश गीत तथा लाइभ दोहोरीहरू चर्चामा रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्