उच्च अदालतलले दियो केयूमा भर्ना लिन आदेश – Janadesh Daily | ePaper

उच्च अदालतलले दियो केयूमा भर्ना लिन आदेश


जनादेश, काठमाडौँ । उच्च अदालतल पाटनले एकीकृत प्रवेश परीक्षामा मेरिटमा छनोट भएर भर्नाका लागि सिफारिस भएका विद्यार्थीलाई काठमाडौं विद्यालय केयूमा नै भर्ना गराउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश महेन्द्रनाथ उपाध्याय र कुलप्रसाद शर्माको इजलासले केयूको स्कुल अफ मेडिकल साइन्सेज र चिकित्सा शिक्षा आयोगलाई उक्त आदेश दिएको हो ।

आयोगले मेरिटका आधारमा पढ्न पठाएका ९ विद्यार्थीलाई केयूले भर्ना लिन अस्वीकार गरेको थियो । ती विद्यार्थीको सिटमा स्थानीय, कर्मचारी र शिक्षकका छोराछोरी पठनपाठन गराउने अडानपछि भर्ना नपाएका दुई छात्रछात्रा अदालत पुगेका थिए ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्