माओवादी केन्द्रको पालिका अधिवेशन सुरु, प्रचण्डले भनेः अब समाजवादी क्रान्ति होमिऔं – Janadesh Daily | ePaper

माओवादी केन्द्रको पालिका अधिवेशन सुरु, प्रचण्डले भनेः अब समाजवादी क्रान्ति होमिऔं


जनादेश, काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आज देशभरिका पालिकाहरूमा अधिवेशन गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभरिका अधिवेशनमा भर्चुअल्ली सम्बोधन गर्दै उद्घाटन गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने बताएका छन्। शनिबार माओवादी केन्द्रको पालिका सम्मेलनलाई‘भर्चुअल’सम्बोधन सम्बोधन गर्दै उनले नयाँ चरणबाट पार्टी पुननिर्माणको महान अभियानमा जुटेको दाबी गरेका हुन्। उनले भने, ‘प्रतिगमनविरोधी आन्दोलन सफल गरेका छौं। हाम्रो विरासत क्रान्तिकारी छ। समाजवादमा जाने लक्ष्य छ। ’

प्रचण्डले ओली गुट र ओलीलाई मलल गर्नेको मिलेमतोमा प्रतिनिधि सभा विघठन भएको टिप्पणी गरे। ‘प्रतिगमनविरोधि आन्दोलन राष्ट्रियता र संविधानमाथि हमला थियो। माओवादी आन्दोलनविरुद्ध हमला थियो। ओली प्रवृति विघठनकारी, माक्सर्वाद विरोधी, प्रतिगमन र प्रतिक्रान्तिकारी प्रवृत्तिका रुपमा राम्रैसँग नागिंयो।’ उनले अगाडि भने, ‘फेरि एकपटक माओवादी आन्दोलन विजय भएको छ। संयुक्त गठबन्धनको आधार संविधान र राष्ट्रियताको रक्षा हो।’

माओवादी केन्द्रले मंसिर ४ गते देशभरि वडा अधिवेशन गरेको थियो। प्राय: सबैतिर सहमतिका आधारमा नेतृत्व चुनिएको छ। अन्तरिम विधान २०७८ मा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ। माओवादीले सदस्यता नवीकरण पनि टुंग्याएको छ। माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्