एमालेको कुम्भमेलासंग हाम्रो विचार निर्माणको सम्मलेनको तुलनै हुँदैनः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – Janadesh Daily | ePaper

एमालेको कुम्भमेलासंग हाम्रो विचार निर्माणको सम्मलेनको तुलनै हुँदैनः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाला जारी एमालेको महाधिवेशन लाई धार्मिक आस्थामा आधारीत कुम्भमेला जस्तो भएको संज्ञा दिएका छन् ।

प्रचण्डले पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै हाल जारी एमालेको महाधिवेशनलाई ‘कुम्भमेला’ संज्ञा दिँदै माओवादी सम्मेलन त्योभन्दा फरक हुने बताए ।
पार्टीको आसन्न राष्ट्रिय सम्मेलनबाट नयाँ विचारको संश्लेषण गदै पहिलो पार्टी बनाउने घोषणा गरे । प्रचण्डले इतिहासको नयाँ संश्लेषण गर्ने गरी आफूले राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेको पनि बताए । उनले भने, ‘यस सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौं । इतिहासको नयाँ संश्लेषण गर्नेछौं । समाजवादी आन्दोलनले, समाजवाद निर्माणको प्रक्रियाले नयाँ जीवन र गति प्राप्त गने छ ।’ एक्काइसौ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नु पर्ने बताएका छन् ।
अहिले विकास भएका प्रवृति र राम्रा नराम्रा कामको समिक्षा गदै जानु पर्ने बताए । उनले थपे, ‘अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौं । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोशिष मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार व्यवहारलाई ध्यान दिनेछौं । ती तथाकथित अधिवेशन र हाम्रो विचार संस्लेषणको अभियानमा कुनै तुलना हुँदैन ।’ समाजवादी क्रान्ति सम्मपन्न गर्ने कुरामा सबै पार्टी कमिटीमा एक रुपता ल्याउनु पर्ने आवश्यकता रहेको बताए । आउदा दिनमा विचारसश्लेषणमा एकरुपता ल्याउनु पर्ने बताए ।
आत्म समिक्षा गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले भने ‘हाम्रो पार्टी पनि अरु बुर्जुवा पार्टीजस्तै व्यक्तिगत स्वार्थमा जाने खतरा देखियो । त्यसैले बेलैमा कमिकमजोरी सच्याउनेतिर लाग्नुपर्छ । निर्मम आत्मसमीक्षा गर्नुपर्छ । त्यही संकल्पको प्रक्रियामा विभिन्न सम्मेलनमा छौं ।’ पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै उनले केही महिनाभित्र माओवादी १ नम्बर पार्टी बन्ने दाबी गरे ।

Read more at: https://samachardainik.com/news-details/105791/2021-11-27

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्