एमसीसी र महाअभियोगबारे प्रचण्डले चितवनबाट के भने ? – Janadesh Daily | ePaper

एमसीसी र महाअभियोगबारे प्रचण्डले चितवनबाट के भने ?


जनादेश, काठमाण्डौं । सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

शनिबार चितवनमा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले महाअभियोग र एमसीसी अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा राष्ट्रिय सहमति र दलहरुबीच सहमति हुनुपर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध भइरहेको आन्दोलनकाबीच शुक्रबार माओवादीकै सांसद रामनारायण विडारीले महाअभियोगको तयारी भइरहेको बताएका थिए । तर, शनिबार प्रचण्डले दलहरुबीच सहमति नभई अगाडि नबढ्ने बताएका हुन् । उनले कसैले जबरजस्ती एमसीसी र महाअभियोगलाई अगाडि नबढाउने बताए

यही मंसिर २८ गतेका लागि बोलाइएको संसद अधिवेशनमा कसैले एमसीसी र महाअभियोगका लागि बोलाइएको अनुमान गरे पनि त्यस्तो केही नहुने बताए । उनले संसदको नियमित हिउँदे अधिवेशन बोलाइएको स्पष्ट पारे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्