धार्मिक पर्यटन बढाउन भगवान् शिवको मूर्ति निर्माण – Janadesh Daily | ePaper

धार्मिक पर्यटन बढाउन भगवान् शिवको मूर्ति निर्माण


कञ्चनपुर ।

धार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

Lord Shiva and his nineteen avatars: All you need to know

पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो । दाताको सहयोगमा मूर्ति निर्माणको कार्य भइरहेको समितिका अध्यक्ष कालुसिंह ठगुन्नाले बताए । “मूर्ति निर्माणका लागि दाताबाट सङ्कलित सहयोग रु तीन लाख ९३ हजार खर्च गरेका छौँ”, अध्यक्ष ठगुन्नाले भने, “अपुग रकमका लागि दाताले सहयोगको अश्वासन दिएका छन ।”

गत भदौ १ गतेदेखि निर्माण थालिएको सो निर्माण कार्य पूरा हुन लागेको छ । “सरकारी र गैरसरकारी कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन” उहाँले भन्नुभयो, “स्वस्फुर्त रुपमा दाताले सहयोग रकम उपलब्ध गराउनुभएको छ । त्यसबाटै मूर्ति निर्माणको कार्य अगाडि बढेको छ ।”

वर्षौदेखि धार्मिक महत्व बोकेका ओझेलमा परेका क्षेत्रहरु मूर्ति निर्माणको कार्यसँगै प्रचारमा आउने स्थानीय भक्तजनको भनाइ रहेको छ । स्थानीय लालसिंह महराले भन्नुभयो, “यस क्षेत्र वरिपरिका सुनदेवी ताल, प्राचिन बैजनाथ मन्दिर, मुडका धाम, कालापानी भगवती थानलगायत प्रचारप्रसारमा टेवा पुग्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्