गाडीमा यात्रु स्वास्थ्य मापदण्ड उल्लंघन, भाडा पनि बढी असुल्दै – Janadesh Daily | ePaper

गाडीमा यात्रु स्वास्थ्य मापदण्ड उल्लंघन, भाडा पनि बढी असुल्दै


घोराही,

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सार्वजनिक सवारी साधनमा अपनाउनु पर्ने मापदण्डको उल्लंघन भएको छ । दाङमा चल्ने कुनै पनि सार्वजनिक तथा नीजि सवारीका साधनले सरकारले तोकेको मापदण्ड पालना गरेका छैनन् ।

सिट क्षमताको आधा यात्रु बोक्ने, तोकिएको भाडामा ५० प्रतिशत बढी लिने, सवैले अनिवार्य मास्क लगाउने, स्यानिटाईजरको व्यवस्था गर्ने भनिए पनि यातायात व्यवसायीले त्यसको उल्लंघन गरिरहेका छन् ।

दाङका सबै रुटहरुमा चल्ने गाडीहरुले सिट क्षमता भन्दा बढी यात्रु बोकि रहेका छन् भने भाडा पनि बढी नै लिइरहेका छन् । जस्का कारण यात्रुहरुमा कोरोना संक्रमणको जोखिम बढेको छ भने अर्को तर्फ महांगो भाडा तिर्न बाध्य भएका छन् ।

सबै सडक खण्डमा प्रहरी चौकिहरु भए पनि उनिहरुले त्यसको निगरानी र नियमन गर्न सकेका छैनन् । निर्णय कार्यान्वयन गराउने निकाय पनि मौन रहदा कोरोना संक्रमणको जोखिम बढेको छ ।

एका तर्फ कोरोना संक्रमणको जोखिम बढेको छ भने अर्को तर्फ यात्रुहरु ठगिदै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्