ब्राजिलमा २४ घण्टामा एक हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु    – Janadesh Daily | ePaper

ब्राजिलमा २४ घण्टामा एक हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु   


रियो दि जेनेरियो, रासस/सिन्ह्वा

 ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा ब्राजिलमा ४५ हजार ३९२ व्यक्ति सङ्क्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८ सङ्क्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म कूल ९३ हजार ५६३ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या २७ लाख सात हजार ८७७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

ब्राजिलको सबैभन्दा बढी जनघनत्व रहेको साओ पाओलो शहर सबैभन्दा बढी प्रभावित शहर हो जहाँ पाँच लाख ५२ हजार ३१८ व्यक्ति सङ्क्रमित रहेका छन् भने २३ हजार २३६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै रियो दि जेनेरियोमा एक लाख ६७ हजारभन्दा बढी सङ्क्रमित रहेका टन् भने १३ हजार व्यक्तिको मृत्यु भएको छ ।

विश्वव्यापी महामारीका कारण विश्वकै सबैभन्दा बढी सङ्क्रमित रहेको मुलुक अमेरिका हो भने तेस्रो धेरै सङ्क्रमित रहेको मुलुक भारत हो । यसबाहेक रूस, दक्षिण अफ्रिका, मेक्सिको, पेरू, चिली, स्पेन, इरान, कोलम्बियामा सङ्क्रमितको सङ्ख्या उच्च रहेको छ । सङ्क्रमणका कारण मृत्यु बढी भएका मुलुकहरूमा मेक्सिको, बेलायत, इटली, फ्रान्स र भारत रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्