जनयुद्धकालभरि हिडेका सबै बाटा घाटा यस्तै हुन्थे: महरालाई युद्धकालको झल्को (फोटो फिचर) – Janadesh Daily | ePaper

जनयुद्धकालभरि हिडेका सबै बाटा घाटा यस्तै हुन्थे: महरालाई युद्धकालको झल्को (फोटो फिचर)


‘दाङमै यति विकट छ देख्नुभो ?’– दाङको पहाडी गाउँ सैघा पुग्न पहिरैपहिरोको बाटो छिचोल्दै सँगै रहेका अंगरक्षकलाई पूर्वसभामुख कृष्णबहादुर महराले भन्नुभयो– ‘हामी जनयुद्धकालभरि हिडेका सबै बाटा घाटा यस्तै हुन्थे ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङ जिल्ला कमिटी सदस्य मने बिस्वकर्मा (उदय)को बुवा जोगी विश्वकर्माको स्मृतिमा आयोजित श्रद्धाञ्जीसभामा जाँदै गर्दा पूर्वसभामुख महरा यस्तै पहरा छिचोल्दै हिड्नुभयो ।

दाङको घोराही उपमहानगरपालिकाभित्रै पर्ने भए पनि वडा नम्बर १९ विकट मानिन्छ ।

साविक सैघा गाविसमा पर्ने यो ठाउँ पालिकाभित्रको विकट वडा हो । विकास निर्माण आदिका दृष्टिले यो ठाउँ निकै पिछडिएको छ ।

विस्तारै पछिल्लो समय थोरै विकाससँग जोडिन थालेका यी वस्तीमा बर्षातको समयमा भने यात्रा निकै कष्टकर हुने गर्दछ ।

दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वसभामुख महरा दुइ दिनदेखि निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा रहनुभएको छ ।

महरासँगै आइतवार नेकपा दाङका अध्यक्ष टीकाराम खड्का पनि पहाडी गाउँ सैघा पुग्नुभएको थियो ।

तस्विर सौजन्यः जंग रोका

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्