राजस्व असुलीमा कमी – Janadesh Daily | ePaper

राजस्व असुलीमा कमी


झापा,
कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट रु चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका लेखापाल टेकप्रसाद नेपालले सबैभन्दा बढी राहदानी बिक्रीबाट रु तीन करोड ९० लाख ८५ हजार राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । हातहतियार इजाजतबापत रु ३१ हजार, राष्ट्रिय परिचयपत्र कम्पुटर अपरेटरको परीक्षा सञ्चालन गरेबापत रु सात हजार ६०० अन्य प्रशासनिक सेवा शुल्कबापत रु ११ लाख दुई हजार ४५० राजस्व सङ्कलन भएको छ ।
सो राजस्व अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को भन्दा रु दुई करोड ५३ लाख ३५ हजार ६४८ ले कमी रहेको उहाँले बताउनुभयो । अघिल्लो वर्ष कार्यालयले रु छ करोड ५६ लाख ५१ हजार २८४ राजस्व सङ्कलन गरेको थियो ।
लेखापाल नेपालले आवको दोस्रो चौमासिक शुरु नहुँदै बन्दाबन्दी भएको कारण विगत वर्षहरुको दाँजोमा राजस्वमा गिरावट आएको बताउनुभयो ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्