एसिड आक्रमणको दण्ड सजाय परिमार्जन गर्न निर्देशन – Janadesh Daily | ePaper

एसिड आक्रमणको दण्ड सजाय परिमार्जन गर्न निर्देशन


काठमाण्डौ,

Campaign on rights of acid attack survivors held | Chandigarh News ...

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय कम भएको निष्कर्ष निकाल्दै परिमार्जन गर्न निर्देशन दिएको छ ।

एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग आज छलफल गरेको समितिले दण्ड सजायसम्बन्धी कानूनलाई समय सापेक्षा परिमार्जन गर्न निर्देशन दिएको हो ।

साथै एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ । समितिमा उपस्थित एसिड पीडित संगीता मगर, जेनी खड्का र मुस्कान खातुनले अहिलेको सजाय कम भएको बताएका थिए ।

अनुहार नै कुरुप हुने गरी एसिड आक्रमण गरेको भए कानूनअनुसार ५ देखि ८ वर्ष र अरुमा ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

समितिले एसिड आक्रमणमा परेकाहरुको उपचार, अध्ययनका लागि छात्रवृत्ति र सरकारी रोजगारीमा प्राथमिकता दिन समेत सरकारलाई निर्देशन दिएको छ ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्