लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट नियुक्त – Janadesh Daily | ePaper

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट नियुक्त


काठमाडौं ।

लगानी बोर्डको प्रमुख कार्यकारी ...

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहनुभएका भट्टलाई बोर्डको प्रमुखमा नियुक्त गरेको हो । बोर्डको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । बोर्डमा यसअघि राधेश पन्त र महाप्रसाद अधिकारीले प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यसम्पादन गरिसक्नु भएको छ ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत रहनुभएका अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनु भएपछि गत चैतदेखि बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो । मन्त्रिपरिषद्का एक सदस्यका अनुसार आगामी चार वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्टलाई नियुक्त गरिएको हो ।

अर्थमन्त्री डा युवराज खतिवडा संयोजकत्वको समितिले प्रमुख कार्यकारी अधिकृतका लागि भट्टसहित रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

बोर्डले वैदेशिक लगानीका ठूला आयोजनाको संयोजन गर्दै आएको छ । बोर्डले संयोजन गरेको कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना हाल निर्माणको क्रममा रहेको छ ।

यस्तै, नेपाली साझेदारसहितको चिनियाँ कम्पनी होङसीले सिमेन्ट उत्पादन गरिरहेको छ । यस्तै चिनियाँ लगानीकै ह्वासिन सिमेन्ट उद्योग समेत हाल निर्माणाधीन अवस्थामा रहेको छ ।

बोर्डले रु छ अर्ब बढी लगानीका आयोजना संयोजन गर्ने नीतिगत व्यवस्था रहेको छ । यस्तै कूल २०० मेगावाट माथिका जलविद्युत् आयोजना समेत बोर्डले नै व्यवस्थापन गर्दै आएको छ । सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन, २०७५ ले बोर्डलाई थप शक्तिशाली बनाएको छ । सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेको सन्दर्भमा वैदेशिक लगानी भित्र्याउनका लागि बोर्डको भूमिका थप बढेर गएको छ ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्