वरिष्ठ साहित्यकार ताना शर्माको निधन – Janadesh Daily | ePaper

वरिष्ठ साहित्यकार ताना शर्माको निधन


वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज मस्तिष्काघातबाट निधन भएको छ । उहाँ ताना शर्माका नामबाट लोकप्रिय हुनुहुन्थ्यो ।विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मनुभएका उहाँ ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ । डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गर्नुभएको थियो ।

उहाँ पाठ्यपुस्तक लेखक पनि हुनुहुन्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । शर्माको अन्त्येष्टि आज मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिने जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्