क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा अभिनेत्री प्रियंका कार्कीमाथि सीआईबीको अनुसन्धान – Janadesh Daily | ePaper

क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा अभिनेत्री प्रियंका कार्कीमाथि सीआईबीको अनुसन्धान


डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ।

केही समयअघि सामाजिक सञ्जालमा ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ’ भन्दै कार्कीले भिडिओ पोस्ट गरेकी थिइन् । उनलाई सोधपुछका लागि आइतबार ब्यूरोले बोलाएको हो ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै यस कारोबार वा प्रचारमा संलग्न जो कोहीलाई कानुनी बमोजीम कारबाही हुने चेतावनी दिएको छ। यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई निर्देशन समेत दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्