समाजसेवी सरिता राईको अर्को पहिचान, मायालुको सम्झना गीत सार्वजनिक (भिडियो सहित ) – Janadesh Daily | ePaper

समाजसेवी सरिता राईको अर्को पहिचान, मायालुको सम्झना गीत सार्वजनिक (भिडियो सहित )


जनादेश म्युजिक वाच।

समाजसेवी एवं गीतकार सरिता राईको शब्द रचना रहेको पुर्बेली भाकाको मायालुको सम्झना बोलको गीत सार्वजनिक भएको छ।

गायक कृष्ण भक्त राई र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना ‘ गीतको भिडियो हाङ प्रोडक्सन मार्फत सार्वजनिक भएको हो ।

भर्खरै बजारमा सार्बजानिक भएको पुर्बेली लोक भाकाको मायालुको सम्झना सालैजो भाकामा फ्युजन गरिएको गीतको म्युजीक भिडीयो आम दर्शकले रुचाउने सरिताको अपेक्षा छ। लोकप्रिय संगीतकार डि. आर अटुको संगीतमा यो गीत तयार पारिएको छ ।

ललितपुरको अत्ति मनोरम देउराली डाँडामा रहेको दृष्यलाई सुन्दर एवम कलात्मक रुपमा देखाइएको छ । हाङ चेम्जोङको निर्देशनमा रहेको भिडियोमा लोकप्रिय कलाकारहरु उमेश राई , बिमला खजुमको नृत्य एवम अभिनय रहेको छ । निर्देशक चेम्जोङले गीतले मौलिकता प्रदर्शन गरेकाले सफल हुने दाबी गरे।

गीतको भिडियोलाई इशाक जबेगुले छायाँङकन तथा सम्पादन गरेका हुन् भने नेम बाबु तामाङको कोरियोग्राफी रहेको छ।

हेर्नुस् गीतको भिडियोः

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्