सर्वोच्चद्वारा राखेपाका तत्कालीन सदस्य सचिव रमेश सिलवालको रिट खारेज – Janadesh Daily | ePaper

सर्वोच्चद्वारा राखेपाका तत्कालीन सदस्य सचिव रमेश सिलवालको रिट खारेज


काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्तकालीन सदस्य सचिव रमेश सिलवालले आफूलाई बर्खास्त गरिएकाे विरूध्द दायर गर्नुभएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

मंगलबार न्यायाधीद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालले दायर गर्नुभएको रिट खारेज गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध गत मङ्सिर २१ गते सिलवालले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो । गत कात्तिक १ गते बसेको मन्त्रिपरिषको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सिलवाल २०७६ असार २३ गते पहिलो पटक राखेप सदस्य सचिव नियुक्त हुनुभएको थियो । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउन १२ गते पुनः नियुक्त गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्