सर्वोच्चका मुख्य रजिस्ट्रारः टसलपछि घर बिदामा – Janadesh Daily | ePaper

सर्वोच्चका मुख्य रजिस्ट्रारः टसलपछि घर बिदामा


जनादेश मिडिया वाच।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर एक महिना लामो घर बिदामा बसेका छन् ।

कामुप्रधानन्यायाधीश दीपककुमार कार्कीले तीन दिनभित्र उच्च अदालत पाटनमा हाजिर हुन लिखित निर्देशन दिएपछि मुख्य रजिस्ट्रार कुँवर घरबिदामा बसेका हुन् । कामु प्रधानन्यायाधीश कार्की उनको कार्यशैलीका कारण असन्तुष्ट छन् ।

उनी सञ्चित बिदाबाट काटिने गरी २५ चैतदेखि २५ वैशाखसम्म बिदामा बसेका हुन् । उनको बिदाको निवेदन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले स्वीकृत गरिसकेको सर्वोच्चले जनाएको छ ।

उच्च अदालतको न्यायाधीश हुन अस्वीकार गरेसँगै उनी बिदामा बसेका हुन् । २६ फागुनमा न्यायपरिषद्ले कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
राजधानी दैनिकबाट साभार।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्