किवानिस क्लब अफ युनिक नेपालकाे चार्टड अध्यक्षमा ढुंगाना – Janadesh Daily | ePaper

किवानिस क्लब अफ युनिक नेपालकाे चार्टड अध्यक्षमा ढुंगाना


काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लबकाे  कार्यक्रम सम्पन्न  भएको छ ।  २१  सदस्यीय समितिले पत्रकार तथा समाजसेवी मुकुन्द ढुंगाना  चार्टड प्रेसिडेन्ट अध्यक्ष  प्रेसिडेन्ट इलेक्ट  भवानी प्रसाद पाैडेल,  भाइस प्रेसिडेन्ट  रिंकु ढकाल , सचिब दिपक अधिकारी , कोषाध्यक्ष – सुमित्रा रंजित छ भने अन्य पधादिकारि चयन क्लबकाे बैठकले गर्ने जनाएकाे छ ।

क्लवका अध्यक्षका ढुंगानाले  कार्यक्रममा बोल्दै क्लवले आगामी दिनमा विषेश गरेर बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा काम गर्ने धेरै क्लवहरु रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजाने बताउनु भयो ।

किवानिज ईन्टरनेशनल नेपालको गर्भनर एकराज पन्त, कार्यक्रमको प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथिमा  भाईस गर्भनरमा तीर्थ कुमार सिंह चयन सचिव दीपक शर्मा पौडेल, कोषाध्यक्षमा रामहरी सुवेदी र राजकुमार लामा,मनिषा बिमली  र नम्रता गुरुङ लगाएतकाे उपस्थिति रहेको थियो। क्लबको स्पोन्सर ह्यापी नेपाल र पिस नेपाल रहेको छ भने कार्यक्रमको अध्यक्ष ह्यापी नेपालको अध्यक्ष प्रमिला लामिछानेले गर्नुभएको थियो ।

किवानिस क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्छ । किवानिस इन्टरनेशनल १ सय ७ वर्ष अगाडि स्थापना भएको सामाजिक संस्था हो । “हामी विश्वभरका बालबालिकाको सेवा गछौ ।” भन्ने नारा सहित क्लबले काम गरिरहेको  गर्भनल एकराज पन्तले बताउनुभयो । क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व र वातावरणको क्षेत्रमा काम गर्ने उहाँले जानकारी दिनुभयो । किवानीस क्बल नेपालमा २०१५ मा स्थापना भएको हो । बालबालिकालाई शैक्षिक सामाग्री, निशुल्क शिक्षा, खाद्यन्न लगाएत बालबालिकाको आवश्यता अनुसारको काम गरिरहेको उहाँले बताउनुभयो । साथै सम्पूर्ण बिशेष अतिथिहरुले युनिक नेपाललाइ बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो भने कार्यक्रम संचालन सचिव दिपक अधिकारीले गर्नुभएको थियो ।

किवानिस क्लब अफ युनिक नेपालले पनि सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने अध्यक्ष मुकुन्द ढुंगानाले प्रतिवद्धता गर्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्