सन्तान शोकमा परेका रोनाल्डोको नाममा जब रंगशालामै गुञ्जियो तालीको गरगराहट…भिडियो – Janadesh Daily | ePaper

सन्तान शोकमा परेका रोनाल्डोको नाममा जब रंगशालामै गुञ्जियो तालीको गरगराहट…भिडियो


जनादेश वाच।

इङ्ग्लिस प्रिमियर लिगमा गएराति लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच खेल थियो। लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलको सातौं मिनेटमा खेल हेर्न पुगेका दुबै टिमका समर्थकहरुको तालि बजाउँदै शोक परेका क्रिस्टियानो रोनाल्डोको पुत्रशोक प्रति श्रद्धाञ्जली दर्शाए। जर्सी नम्बर ७ का युनाइटेडका पोर्चुगिच स्ट्राइकर रोनाल्डो अघिल्लो दिनमात्र छोराको शोकमा परेका थिए।

समर्थकहरुले तालि बजाउँदै लिभरपुलको ‘यू विल नेभर वाक अलोन’ गाएका थिए। दुबै टीमका खेलाडीले कालो आम ब्यान्ड लगाएका थिए। रोनाल्डोले भने लिभरपुलसँगको खेल गुमाएका थिए।

उक्त खेल भने घरेलु टोली लिभरपुलले आफ्नो पक्षमा पारेको थियो। खेलको पाँचौं मिनेटमै लुइस डायजको गोलमा अग्रता बनाएको लिभरपुलका लागि मोहम्मद सलाहले २२ औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा लिभरपुल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा डायजको पासमा साडियो मानेले अर्को गोल थपे। उनले खेलको ६८ औं मिनेटमा गोल गर्दा ८५ औं मिनेटमा फेरि सलाहले डिएगो जोटाको पासमा गोल गरे। र, ४-० को फराकिलो अन्तरले लिभरपुलले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै लिभरपुल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। लिभरपुलले ३२ खेलबाट ७६ अंक जोडेको छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३१ खेलबाट ७४ अंक जोडेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्