इन्टरनेट सेवा बन्द हुने सक्नेप्रति क्यान महासंघको चिन्ता, तत्काल समाधानका लागि आग्रह – Janadesh Daily | ePaper

इन्टरनेट सेवा बन्द हुने सक्नेप्रति क्यान महासंघको चिन्ता, तत्काल समाधानका लागि आग्रह


कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) ले इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेवार निकायहरूबाट व्यक्त धारणाहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा विभिन्न निकायबीच बुझाइमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न विलम्ब हुनाका कारण इन्टरनेट सेवा बाधित हुने सक्नेप्रति क्यान महासंघले चिन्ता व्यक्त गरेको हो ।

समस्या समाधानका निम्ति सम्बन्धित निकायहरूलाई जिम्मेवारीपूर्वक यथाशीघ्र वार्ता एवं छलफलको निम्ति क्यान महासंघले आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्