सशस्त्र प्रहरीको आईजीपीमा अर्याल नियुक्त : गृहमन्त्री – Janadesh Daily | ePaper

सशस्त्र प्रहरीको आईजीपीमा अर्याल नियुक्त : गृहमन्त्री


जनादेश, काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त भएको जानकारी दिएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपीमा नियुक्त गरेको खाँणले जानकारी दिए । ‘सशस्त्र प्रहरीमा राजु अर्याल नियुक्त भएका छन् । चिठी आइसक्यो’, उनले भने ।  मन्त्रिपरिषदको बैठकमा अर्यालको नियुक्तिबारे छलफल नभएको बताइएपनि गृहमन्त्री खाँणले सबै प्रक्रिया मिलाएर आजै नियुक्त गरिएको बताए ।

यसअघि मन्त्रिपरिषद्को बैठकमा आईजीपीको नियुक्तिबारे कुनै छलफल नभएको मन्त्रीहरूले बताएका थिए । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल प्रहरीका आईजीपी नियुक्ति गरिएपनि सशस्त्रका आईजीपी भने नियुक्ति नभएको बताएका थिए । सशस्त्रका आईजीपीको नियुक्ति अर्को बैठकले गर्ने उनले रातोपाटीलाई बताएका थिए । तर, अर्यालको नियुक्तिबारे बाहिर धेरै सूचना प्रवाह भइसकेकाले पछि साेही अनुसार मिलाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

२०७९ वैशाख १४ मा सरकारले अर्याललाई सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी आइतबार मध्यरातबाट अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्त गरेको हो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्