५६ अंकले बढ्यो नेप्से, दुई अर्बको कारोबार – Janadesh Daily | ePaper

५६ अंकले बढ्यो नेप्से, दुई अर्बको कारोबार


साताको चौथो दिन बुधबार पनि सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ५६.०६ अङ्कले बढेर दुई हजार ३६९.०६ विन्दुमा पुगेको छ ।

बैंकिङ २३, विकास बैंक १५०, फाइनान्स ७४, होटल तथा पर्यटन ५२, जलविद्युत् १३०, जीवन बीमा २१७, उत्पादन ७०, माइक्रोफाइनान्स १५३, निर्जीवन बीमा २४३, अन्य ३१ र ब्यापार २१ अंकले बढेका छन् ।

यस दिन २२९ वटा कम्पनीका ५३ लाख ३३ हजार कित्ता सेयर २ अर्ब १६ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली जलविद्युत् आयोजनाको १० करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्