संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान – Janadesh Daily | ePaper

संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्धन्द्धका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताउनुभएको छ ।

विश्वमा दिन प्रतिदिन खाद्य संकट बढ्दै गएको भन्दै यसका लागि केही गर्नुपर्ने उहाँले बताउनुभएको छ । विश्वमा देशहरुलाई खाद्यान्नको सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरु लक्षित गर्न आग्रह गर्नुभएको हो ।उहाँले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रुसको भ्रमणका क्रममा पनि देखिएको भन्दै यसका लागि केही गर्नुपर्नेमा उहाँले सबैलाई आग्रह गर्नुभएको हो ।

हिजो भियनामा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सो कुरामा जोड दिनुभएको थियो । रुस युक्रेन द्धन्द्धका कारण यहाँ इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटरेसको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्