कस्तो रहला मौसमः यी पाँचवटा प्रदेशमा पानी पर्ने – Janadesh Daily | ePaper

कस्तो रहला मौसमः यी पाँचवटा प्रदेशमा पानी पर्ने


जनादेश वेदर।
देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ का केही स्थानमा हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना छ ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशका केही स्थानका साथै वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्