भरतपुर महानगरको महासंग्रामः विजय र रेणुको कडा टक्कर, अग्रतामा पनि प्रतिस्पर्धा – Janadesh Daily | ePaper

भरतपुर महानगरको महासंग्रामः विजय र रेणुको कडा टक्कर, अग्रतामा पनि प्रतिस्पर्धा


जनादेश वाच।
चितवनको भरतपुरमा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर देखिएकाे छ । साेमबार बिहान सवा ५ बजेकाे परिणाम अनुसार ९३७० मतगणना हुँदा सुवेदीले ३३२४ मत पाएका छन् ।

दाहालले ३३०६ मत पाएकी छन् । बागी उम्मेदवार जगन्नाथ पाैडेलले ११८७ मत पाएका छन् ।

रेणुप्रति कांग्रेसीको बैमानी
मतको ट्रेन्ड हेर्दा सत्ता गठबन्धका अन्य उमेदवारले शतप्रतिशत प्यानल मत पाएको देखिन्छ ।
वडा नम्बर १ मा निर्वाचित कांग्रेस वडाध्यक्षले १३९७ मत पाएका थिए भने वडा नम्बर २ मा कांग्रेसबाटै निर्वाचित वडाध्यक्षले २१०५ मत पाएका छन् । यो जोड्दा ३५०२ मत हुन्छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३४९८ मत पाएका छन् । अर्थात वडाध्यक्षले पाएको मतभन्दा चार मतमात्रै कम पाएका छन् । तर सोही अनुपातमा रेनुले भने मत पाएकी छैनन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्