सूचना तथा प्रविधि क्षेत्रका व्यवसायीहरुलाई बाहिर राख्ने काम भएको छैन्ः अध्यक्ष कर्ण बहादुर पुन – Janadesh Daily | ePaper

सूचना तथा प्रविधि क्षेत्रका व्यवसायीहरुलाई बाहिर राख्ने काम भएको छैन्ः अध्यक्ष कर्ण बहादुर पुन


Karna PUN | Tribhuvan University, Kathmandu | Faculty of Management

जनादेश, दाङ । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) माहासंघ दाङले जिल्लाका सूचना तथा प्रविधि क्षेत्रका व्यवसायी तथा पेशाकर्मीहरुलाई बाहिर राख्ने काम गरेको छ भन्ने आरोपको क्यान माहासंघ दाङ शाखाका अध्यक्ष श्री कर्ण बहादुर पुनले खण्डन गरेकाछन् । दाङले जिल्लाका सूचना तथा प्रविधि क्षेत्रका व्यवसायी तथा पेशाकर्मीहरुलाई एकताबद्ध बनाएको पनि बताए ।

अध्यक्ष पुनले कम्प्युटर व्यवसायीलाई क्यानमा समेट्न प्रयास गरे पनि छलफलमा नआएको बताए । ‘क्यानको सदस्यताका लागि हामीले पटक–पटकमा छलफलमा बोलाई रहेका छौं’ उनले भने, ‘तर अहिलेसम्म उहाँहरु औपचारिक रुपमा छलफलमा आउनु भएको छैन ।’ त्यस्तै केहीको भने आवश्यक काजगात र विवरण नहुँदा केन्द्रबाटै सदस्यता दर्ता र नविकरणका समस्या भरहेको जनादेशलाई बताए ।

क्यान  माहासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्ण वलीले जनादेशलाई भन्नु भयो “दाङ जिल्लामा कम्प्युटर व्यावसायीहरुको बीचमा कुनै समस्या नै छैन, समस्या बनाउँन खोजीएको छ । मंसिरमा क्यान माहासंघको चुनाब आउदै छ । जिल्लाका साथीहरुको बीचमा फाटो ल्याउन खोजेको आभास हुन्छ । धमिलो पानीमा माछा मार्ने कसैको प्रयास हुन सक्छ । महासंघको सदस्यता लिने निर्वाचनमा सहभागी हुने निर्वाचित भएर नेतृत्व लिने कुरा प्रजातान्त्रको सुन्दर पक्ष पनि हो । मेरो सबै साथीहरुलाई सुझाव छ, प्रजातान्त्रिक विधि र प्रकृयाबाट निर्वाचनमा आउनुहोस् । निर्वाचनबाट आउने साथीहरुलाई स्वागत छ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्