दार्चुला हत्या काण्ड: आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ – Janadesh Daily | ePaper

दार्चुला हत्या काण्ड: आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ


दार्चुला । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।

डढेको अवस्थामा खडायतको शव मंगलबार राति नै फेला परेको र आफूहरुले प्रहरीलाई खबर गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

महिलाका श्रीमानको ७–८ वर्ष पहिले निधन भएको थियो । मृतकका २ छोरी र १ छोरा छन् । अनुसन्धानको लागि प्रहरीले गाउँकै बीरेन्द्र खडायत र तुला खडायतलाई पक्रेको विष्टले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्