नयनतारा र विग्नेशको विवाह चेन्नाइको रिसोर्टमा – Janadesh Daily | ePaper

नयनतारा र विग्नेशको विवाह चेन्नाइको रिसोर्टमा


जनादेश अन्तर्राष्ट्रिय अपडेट।

दक्षिण भारतीय फिल्म क्षेत्रकी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश सिवनले विवाह गर्ने भएका छन्। उनीहरुले भारतको चेन्नईस्थित महाबलिपुरमको एक रिसोर्टमा शुक्रबार विवाह गर्दैछन्।

नयन तारा र विग्नेशको विवाहमा बलिउडदेखि दक्षिण भारतीय फिल्म क्षेत्रका कैयौं सेलिब्रेटीहरु पुगेका छन्। शाहरुख खान, अजित कुमार, सूर्यालगायतका कलाकारलाई उनीहरुको विवाहमा देखिएको छ।

सँगै तमिलनाडुका मुख्यमन्त्री एम के स्टालिन पनि उनीहरुको विवाहमा सामेल हुने बताइएको छ। शुक्रबार हुने विवाहको अन्य कार्यक्रममा यी सेलिब्रेटीहरु उपस्थित भएका तस्बिरहरु सार्वजनिक भएको छ।

फिल्म क्षेत्रमा प्रवेश गरेसँगै नयनतारा र विग्नेश प्रेम सम्बन्धमा थिए। फिल्मकै छायांकनको क्रममा भेट भएका उनीहरुले ६ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए। उनीहरुले गत वर्ष मार्च २५ मा इंगेजमेन्ट गरेका थिए।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्