इम्बोस्ड प्लेटः किन भयो भ्रम छर्ने काम? – Janadesh Daily | ePaper

इम्बोस्ड प्लेटः किन भयो भ्रम छर्ने काम?


डा.लक्ष्मीप्रसाद खतिवडा |

इम्बोस्ड प्लेट

इम्बोस्ड नम्बर भनेको के हो ? के यो नम्बरमात्र हो ?

गाडीको नम्बर प्लेटमा त अक्षर पनि हुन्छ। इम्बोस्ड नम्बर भनेको रोमन लिपिमा लेखेको प्लेट हो ? देवनागरी लिपिमा लेख्यो भने इम्बोस्ड नम्बर प्लेट भन्न पाइन्छ कि पाइदैन ?

नेपाली सवारी साधनमा इम्बोस्ड नम्बर लगाउने सरकारको निर्णयले फेरि पनि यस्ता भ्रम सिर्जना गरेको छ। विवाद जन्माएको छ।

हाललाई समाधानका उपाय के?

अहिले नै सवारीसाधनमा अनिवार्य गर्नुको साटो पूर्वाधारहरू बनाएर चरणबद्ध रूपमा कार्यान्वयन गर्नुपर्ने पूर्वमहानिर्देशक भट्टराईको सुझाव छ।

त्यसका लागि यातायात व्यवस्था विभागले पहिला सवारीहरूको वर्गीकरण गर्नुपर्ने उनी बताउँछन्।

“सवारीसाधनका वर्गीकरणका आधारमा चरणबद्ध ढङ्गले लैजाँदा सजिलो र सहज हुन्छ,” भट्टराईले थपे।

इम्बोस्ड प्लेट

तस्बिर स्रोत,BBC

त्यसैगरी यातायात कार्यालयमा मात्रै प्रमाणीकरण गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनी औँल्याउँछन्।

“त्यहाँ मात्रै प्रमाणीकरण सेवा उपलब्ध हुँदा भीड भयो। सेवा उपलब्ध गराउने ठाउँ अन्यत्र पनि बढाउनुपर्‍यो।”

इम्बोस्ड नम्बर प्लेट जडान गरे पनि त्यसको निगरानी गर्ने गेट नराखिएसम्म त्यो जडान गरेर अर्थ नहुने यातायात विज्ञ गजुरेलको भनाइ छ।

प्लेट जडान गर्न के गर्नुपर्छ?

उक्त नम्बर प्लेट प्राप्त गर्नका लागि सर्वसाधारणले यातायात व्यवस्था विभागको वेबसाइटमार्फत् आवेदन दिनुपर्ने हुन्छ।

विभागका अनुसार आवेदकले पेस गरेका कागजपत्र प्रमाणीकरणको काम सम्पन्न भएपछि सिस्टमबाटै इम्बोस्ड नम्बर प्लेट जारी हुनेछ।

त्यसपछि आवेदकले एउटा बार कोड प्राप्त गर्छन्। त्यो लिएर यातायात कार्यालयहरूमा गएपछि इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिन्छ।

सरकारले हाल वितरण गरिराखेको इम्बोस्ड नम्बर प्लेट चार प्रकारमा वर्गीकरण गरेको छ।

सार्वजनिक यातायातमा पहेँलो प्लेटमा कालो अक्षर हुन्छ भने निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर लेखिएको हुन्छ।

त्यस्तै सरकारी र संस्थानका गाडीमा सेतो प्लेटमा रातो अक्षरले लेखिएको हुन्छ भने कूटनीतिक निकायहरूले प्रयोग गर्ने सवारीमा नीलो प्लेटमा सेतो अक्षर हुन्छ।

सरकारले फरक व्यवस्था गरेको अवस्थामा बाहेक मन्त्री, प्रधानमन्त्रीले प्रयोग गर्ने सवारीहरू समेत तीनै चार प्रकारका इम्बोस्ड नम्बर प्लेटमा पर्ने बताइएको छ।

इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनीको हकमा के कस्ता कारबाही हुने भन्नेबारे विभागले स्पष्ट रूपमा केही भनेको छैन।

जडान शुल्क कति लाग्छ?

सरकारले दुईपाङ्ग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २,६०० रुपैयाँ तोकेको छ।

ट्रकजस्ता ठूला सवारीसाधनमा सबैभन्दा बढी ३,६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

यो नम्बर प्लेट विगतमा जस्तो आफैँ जडान गर्न नसकिने बताइएको छ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि तोकिदिएको स्थानमा पुगेर सवारी धनी आफैँले जडान गराउनुपर्ने हुन्छ।

एक पटक जडान गरिएको इम्बोस्ड नम्बर प्लेट काम नलाग्ने नभएसम्म प्रयोग गर्न सकिने विभागले जनाएको छ।

इम्बोस्ड नम्बर प्लेट लिने सवारी धनीले हाल प्रयोगमा रहेको नम्बरभन्दा फरक नयाँ नम्बर प्राप्त गर्ने बताइएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्