जनादेश वाच।
गायिका इन्दिरा जोशी भोलि जेठ ३१ गते मंगलबार विवाह बन्धनमा बाँधिने भएकी छिन्। उनी फेसन डिजाइनर शरद केडियासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन्।
इन्दिरा र शरद विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए। केही समयअघि शरदले इन्दिरालाई प्रपोज गरेको भिडियो निकै चर्चित पनि भएको थियो।
हालसालै विवाहअघिको मेहन्दी संस्कार गरेका इन्दिरा र शरदले ३१ गते मंगलबार विवाह गर्न लागेका छन्। इन्दिराले सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी दिएकी हुन्।
इन्दिराले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘भगवानको साथ र आफन्तको आशीर्वादसहित हामी विवाह बन्धनमा बाँधिने निधो गरेका छौं। हामीलाई प्रेम र आशीर्वाद दिनुहुने सम्पूर्णप्रति आभार छौं।’