पंकज नेम्वाङ नेतृत्वको एन्फाः १० खेलाडीलाई टिममा फर्काइने, प्रशिक्षकबारे निर्णय सचिवालयमा – Janadesh Daily | ePaper

पंकज नेम्वाङ नेतृत्वको एन्फाः १० खेलाडीलाई टिममा फर्काइने, प्रशिक्षकबारे निर्णय सचिवालयमा


जनादेश स्पोर्ट्स।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले १० जना खेलाडीलाई राष्ट्रिय टोलीमा सहभागी गराउने भएको छ । एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टाेलीका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवादपछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरूप १० खेलाडीलाई राष्ट्रिय टाेलीमा फर्काउने निर्णय गरेको हो ।

खेलाडीसँग विवाद भएपछि मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले उनीहरूलाई राष्ट्रिय टोलीमा सहभागी गराएका थिएनन् । यसैबीच, प्रशिक्षक अल्मुताइरीको विषयमा निर्णय गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको नवनियुक्त एन्फा महासचिव किरण राईले जानकारी दिए । छानबिन समितिको प्रतिवेदनको आधारमा प्रशिक्षकसँग छलफल गर्ने र कतार फुटबल संघसँग समन्वय गरी अगाडि बढ्ने महासचिव राईले बताए ।


प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अन्जन विष्टलाई टिमबाट निकालिएको थियो ।

घटनाबारे छानविन गर्न गठित छानविन समितिले समेत प्रशिक्षकले बारम्बार अपशब्द प्रयोग गरेर क्याम्प छाडेर जान भनेपछि खेलाडीले होटल छाडेर गएको प्रतिवेदन तयार पारेको थियो ।

खेलाडी प्रशिक्षकको घटना एन्फा चुनावमा मुख्य एजेण्डा बनेको थियो । निर्वाचित भए लगत्तै खेलाडीको मुद्धालाई सम्बोधन गर्ने प्रतिबद्धता वर्तमान नेतृत्वले जनाएको थियो । बैठकले संघको महासचिवमा किरण राई, कोषाध्यक्षमा रबिन्द्र जोशी र अन्तराष्ट्रिय विभाग प्रमुखमा नविन पाडेलाई नियुक्त गरेको छ ।

हेर्नुस् एन्फाका निर्णयः

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्