नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता – Janadesh Daily | ePaper

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता


एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो । यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स ९युएइ० बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

वर्षा बाधक भएपछि नेपालको एसिया कप क्रिकेटमा छनोट हुने सपनासमेत समाप्त भएको थियो । सेमिफाइनल खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले युएइलाई ८१ रनमा अलआउट गरेको थियो ।

जीतका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपालले वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन बाध्य बनेको थियो । नेपालले समूह चरणको खेलमा भुटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङ्कङसँग पराजित भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्