युक्रेनको सपिङ मलमा मिसाइल आक्रमण, कम्तीमा १६ जनाको मृत्यु – Janadesh Daily | ePaper

युक्रेनको सपिङ मलमा मिसाइल आक्रमण, कम्तीमा १६ जनाको मृत्यु


जनादेश अन्तर्राष्ट्रिय अपडेट।

रसियाले युक्रेनको एक सपिङ सेन्टरमा मिसाइल प्रहार गरेको छ। मिसाइल प्रहारबाट कम्तीमा १६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ भने ५० जना बढी घाइते भएका छन्।

घाइतेहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ।

क्रेमेन्चुक सहरमा रहेको सपिङ मलमा आक्रमणको समयमा एक हजार जना मानिसहरु रहेको युक्रेनका राष्ट्रपति भोलोदमेयर जेलेन्स्कीले जनाएका छन्। जर्मनीमा जारी जि ७ बैठकमा सहभागी विश्वका नेताहरुले यसलाई रसियाको घृणित कार्यको संज्ञा दिएका छन्।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै निर्दोषहरुमा माथि रसियाले युद्ध अपराध गरेकोसमेत जनाएका छन्। रसियाले उक्त क्षेत्रमा लामो दुरीका दुई मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ। रसियाले आइतवारमात्र किभमा दर्जन मिसाइल प्रहार गरेको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्