विप्लव-वैद्यलाई प्रचण्डको आह्वानः लाज नमानी एकतामा आउनुस् – Janadesh Daily | ePaper

विप्लव-वैद्यलाई प्रचण्डको आह्वानः लाज नमानी एकतामा आउनुस्


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले माओवादी जनयुद्धमा भाग लिएकाहरू आफ्नो नेतृत्वमा एकताबद्ध हुनुको विकल्प नरहेको भन्दै फेरि प्रचण्डकहाँ जानुपर्ने भयो भनेर लाज नमान्न आग्रह गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा छाडेर माओवादीमा समाहित भएका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी धारको पुनः एकीकरण आफ्नो नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरे । उनले साना(साना पसल थापेर लडाइँ जित्न नसकिने भन्दै जनता र कार्यकर्ताले पनि माओवादीहरूलाई प्रचण्डको नेतृत्वको एकताबद्ध हुन निर्देशित गरेको बताए ।

प्रचण्डले भने, ‘अब जनता पनि आजित भए । अब तिमी माओवादीहरू एकै ठाउँमा बस भन्न थाले । कार्यकर्ताको भावना पनि आखिर चुनाव नै हो, प्रतिस्पर्धामै आउने हो भने प्रचण्डकै नेतृत्वमा किन नआउने भन्ने देखियो । क्रान्ति हुन्छ कि अरुबाट भन्ने भ्रम पनि तोडियो । त्यसैले विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ । प्रचण्डकहाँ किन जाने भनेर लाज नमानौं, माओवादी आन्दोलनको एकता मेरै नेतृत्वमा मात्र सम्भव छ ।’

अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको जनक्रान्तिमा ज्यान गुमाएकाहरूको जिम्मेवारी पनि आफूले लिने भन्दै अब माओवादी आन्दोलनको पुनः एकीकरण कसैले रोक्न नसक्ने दाबी गरे । उनले अहिले व्यक्तिहरू आइरहेको र चाँडै नै संस्थागत एकीकरण पनि अघि बढ्ने बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्