कोलम्बिया जेल दङ्गाः ५१ जनाको मृत्यु – Janadesh Daily | ePaper

कोलम्बिया जेल दङ्गाः ५१ जनाको मृत्यु


पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।

कारागारका कर्मचारीले गद्दाबाट फैलिएको आगो निभाउने प्रयत्न गरेका थिए तर त्यो विशालरूपमा फैलिएकाले उनीहरूले अग्नि नियन्त्रकहरूको आगमनको प्रतीक्षा गर्नुपरेको थियो । कोलम्बिया र आसपासका मुलुकका जेलमा घातक दङ्गा हुनु अनौठो होइन ।

सन् २०२० को मार्चमा बोगोटाको पिकोटा पेनिटेनियरीमा भएको दङ्गामा २४ कैदीको ज्यान गएको थियो । उनीहरूले कोभिड–१९ विरूद्ध कारागार प्रशासनले अघि सारेका सुरक्षात्मक उपायको विरोध गर्दा दङ्गा भएको थियो । अघिल्लो वर्ष ब्राजिलको जेलमा भएको घातक दङ्गामा ५० जनाभन्दा बढी मारिएका थिएभने १६ जनाको शिरच्छेदन गरिएको थियो । सन् २०१८ मा भेनेज्वेलाको एउटा कारागारमा अग्निदङ्गा हुँदा कैयौँ हताहत भएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्