प्रमाणपत्र बुझाएसँगै भारतीय राजदूतको प्रधानमन्त्री मन्त्रणा – Janadesh Daily | ePaper

प्रमाणपत्र बुझाएसँगै भारतीय राजदूतको प्रधानमन्त्री मन्त्रणा


जनादेश वाच।
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले बिहीबार भेटवार्ता गरेका छन् । देउवालाई भेट्न श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आजै आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटमा राजदूत श्रीवास्तवले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश सुनाउँदै पछिल्लो समयमा प्रधानमन्त्री देउवाबाट भएको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट भएको नेपाल भ्रमणबाट दुई देशको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको बताएका थिए ।

साथै सो अवसरमा राजदूत श्रीवास्तवले दुई देशको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

काठमाडौंस्थित भारतीय राजदूतावासका अनुसार श्रीवास्तव नेपालका लागि २६औँ राजदूत हुन् । यसअघिका राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि श्रीवास्तव नेपालको राजदूतमा नियुक्त भएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्