प्रधानमन्त्री र प्रचण्डसहितका नेता निजगढमा – Janadesh Daily | ePaper

प्रधानमन्त्री र प्रचण्डसहितका नेता निजगढमा


जनादेश, काठमाण्डौं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेता प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षण गरेका छन्।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, अर्थमन्त्री जनार्दन शर्मा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता स्थलगत निरीक्षण गरेका हुन् ।

सरकारी टोली विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण र हालसम्मको प्रगतिबारे जानकारी लिएर काठमाडौं फर्किनेछ।

सर्वोच्च अदालतले न्यून वातावरणीय क्षति हुने गरी र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गराएर मात्र विमानस्थल बनाउन विकल्प दिएपछि गठबन्धनका नेताहरु निजगढ गएका हुन्। पाँच न्यायाधीशले बुधबार फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै विमानस्थल निर्माणको सन्दर्भमा विश्लेषण र निष्कर्षका साथ छुट्टाछुट्टै राय व्यक्त गरेका थिए। सर्वोच्चको बृहत पूर्ण इजलासको बहुचर्चित फैसलामा तीन न्यायाधीश र दुई न्यायाधीशको राय फरक छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्