निजगढमै विमानस्थल किनः यस्तो छ प्रचण्डको जवाफ – Janadesh Daily | ePaper

निजगढमै विमानस्थल किनः यस्तो छ प्रचण्डको जवाफ


जनादेश, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निजगढ विमानस्थल देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सक्ने प्रोजेक्ट भएको बताएका छन्। शनिबार प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री लगायतको टोलीमा सामेल भएर निजगढ पुगेका उनले निजगढ विमानस्थललाई ड्रिम प्रोजेक्ट र गेम चेन्जर प्रोजेक्ट भनेका थिए।

उनले फास्ट ट्र्याक पनि निजगढ एयरपोर्टसँग जोडिएको भन्दै यदि निजगढ एयरपोर्ट बनाउने प्रक्रिया समयमा अगाडि बढेन भने अर्बौं लगानी गरिएको फास्ट ट्र्याकको औचित्य नहुने बताए।

‘त्यस दृष्टिले पनि हामीले निजगढ एयरपोर्टलाई बुझ्न जरुरी छ। फास्ट ट्र्याको डीपीआर बनाउँदा नै निजगढ एयरपोर्टको आवश्यकतालाई मध्यनजर गरेर गरिएको हो। यो कुरा पनि हामीले मनन गरेकै कुरा छ’, उनले भने।

उनले पहिले पनि धेरै अध्ययन छलफल गरेर नै निजगढमा विमानस्थल बनाउनु नै सबैभन्दा उपयुक्त भनिएको बताए। ‘त्यही मान्यता राखेर नै अर्बौं लगानी भइसकेको छ। झन्डै तीन अर्ब यहाँ लगानी भइसकेको छ। त्यो परिस्थितिमा राज्यले जो पहल कदमी लिएको छ। त्यसलाई दृढतापूर्वक अगाडि बढाउन जरुरी छ’, उनले भने।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्