विमला वली प्रकरणः छानविन समितिलाई लाग्यो सुनियोजित शैलीको शंका – Janadesh Daily | ePaper

विमला वली प्रकरणः छानविन समितिलाई लाग्यो सुनियोजित शैलीको शंका


लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा, महिला र  बालबालिका कुटेकाे उजुरी

जनादेश, काठमाण्डौं । लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीसँग सम्बन्धित घटनाबारे छानविन समितिले जेठ ३१ गते तुल्सीपुरको घटना सुनियोजित जस्तो देखिएको हुन सक्ने निष्कर्ष निकालेको छ।

साथै घटनामा राज्यमन्त्रीको हैसियतमा गरिएको विवादले विमलाको पनि कमजोरी रहेको उल्लेख गरेको छ। गत जेठ ३१ गते तत्कालीन राज्यमन्त्री विमला कुमारी वलीले दाङको तुल्सीपुरस्थित एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हात पात गरेको आरोप लागेको थियो।

त्यसपछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा छानविन कार्यदल गठन गरेको थियो। शर्माले भने, घटनास्थलमा असम्बन्धित व्यक्तिको भीड जम्मा भएर अतिरंजित गर्ने कार्य भएको हुँदा घटना सुनियोजित हो कि शंका गर्ने आधार देखिन्छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्