अनमिनले ‘अयोग्य’ ठहर गरेका जनमुक्ति सेनाका तत्कालीन लडाकुले यसरी गुमाए काठमाडौंमा ज्यान – Janadesh Daily | ePaper

अनमिनले ‘अयोग्य’ ठहर गरेका जनमुक्ति सेनाका तत्कालीन लडाकुले यसरी गुमाए काठमाडौंमा ज्यान


जनादेश वाच।
तत्कालीन जनमुक्ति सेनाका पूर्ण घाइते कमाण्डर कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंमा निधन भएको छ। द्वन्द्वका क्रममा लामो समय जनमुक्ति सेनामा बिताएका उनी उपचारका लागि उनी आफ्नी श्रीमतीसहित भैंसेपाटीमा बस्दै आएका थिए । जनयुद्धको क्रममा घाइते सेवकका शरीरमा गोली र छर्रा रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयसम्म उपचार गराउँदा समेत उनलाई सन्चो हुन सकेको थिएन । सरकार पक्ष र उनी संलग्न रहेको माओवादी पार्टीबाट समेत उपचारमा सहयोग नपाइएको उनको परिवारको गुनासो रहेको छ । उपचारका लागि कालिकोटबाट काठमाडौं आएका न्यौपानेको पाटन अस्पतालमा उपचारसमेत भएको थियो । मानसिक सन्तुलन ठिक नभएका न्यौपानको उपचारमा न माओवादी न राज्य कसैले सहयोग नगरेको आफन्तहरूले बताएका छन् ।

 सेवक तत्कालीन जनमुक्ति सेनाको सदस्य हुँदै सेक्सन कमाण्ड समेत भएका थिए । उनले पश्चिम नेपालमा तत्कालीन नेपाल प्रहरी र शाही नेपाली सेनासँग भएका धेरै युद्ध लडेका थिए । उनी तिनै युद्धमा सोही क्रममा घाइते भएका थिए । अनमिनको प्रमाणीकरणको क्रममा अयोग्य भनेर उनलाई शिविरबाट बिदाइ गरिएको थियो ।

तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकरप्रसाद उपाध्यायले उनी मानसिक समस्या देखिएको बताएका छन् । उनले भने, ‘उहाँलाई उपचारको लागि हामीले सहयोग गर्छौ भनेका थियौँ, उहाँको परिवारले अहिले आवश्यक छैन, आवश्यक परेमा खबर गरौँला भन्नुभएको थियो । श्रीमतीबाट लुकेर उहाँ बाहिर जानु भएछ । उहाँले विष सेवन गरी आत्महत्या गरेको पाइएको हो ।’

न्यौपानेको शव शुक्रबार उनकी श्रीमतीले बुझेर लगेको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीले शवसँगै फेला पारेको कागजातमा पाटन अस्पतालको प्रेसक्रिप्सनसमेत रहेको थियो । त्यहाँ ठेगनासमेत उल्लेख भएपछि प्रहरीले आफन्त खोजेर शव जिम्मा लगाएको हो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्