माओवादीको कमलादी बैठकः ९ एजेण्डा, ब्रिफिङको सुरुवात सरल सहयात्रीबाट – Janadesh Daily | ePaper

माओवादीको कमलादी बैठकः ९ एजेण्डा, ब्रिफिङको सुरुवात सरल सहयात्रीबाट


राष्ट्रियसभा जारी केन्द्रीय कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि ९ वटा एजेण्डा राखेका छन् । बैठकको सुरूमा सम्बोधन गर्दै उनले ९ बुँदे एजेण्डा पेस गरेका हुन् । बैठक ३ दिनसम्म सञ्चालन हुनेछ ।

यसैक्रममा वागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले भर्खरै आफ्नो प्रदेशको रिपोर्टिङ गरेका छन् । जसक्रममा उनले अर्थमन्त्री जनार्दन शर्माको समेत विरोध गरे । अर्थमन्त्री शर्माले सरकारलाई व्यक्तिगत कम्पनीजस्तो गरी चलाएको, बजेट खन्याउन नजानेको भन्दै उनले आलोचना गरे । केन्द्रीय कमिटी बैठकका मुख्य एजेण्डाहरू निम्नानुसार छन् ।

१. सहिदहरूप्रति श्रद्धाञ्जली

२. केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण

३. बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी

४. प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट

५. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट

६. संगठनात्मक विषय र संरचनाबारे

७. स्थानीय निर्वाचनको समीक्षा

८. आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे

९. विविध

सहयात्रीले पार्टीले जनताका एजेन्डा छाड्दै गएको गुनासो गरेका छन्। ‘पार्टीले सामाजिक एजेन्डा भुल्दै गयो। जनताका सामान्य एजेन्डाहरू उठाउन नसक्ने अवस्थामा माओवादी पुगेको छ’, उनले भने, ‘स्थानीय तह निर्वाचनमा अन्तर्घात डरलाग्दो देखिएको छ। यसको गम्भीर समीक्षा गर्नुपर्छ। हाम्रै पार्टीका सांसदहरूले बजेट आफ्नै गाउँबाहेक अन्त दिँदैनन्, यसको समीक्षा हुनुपर्छ।’

उनले बैठकमा स्थानीय तह निर्वाचनको परिणामले अन्य दलहरूसँगको तालमेल सफल नहुने पुष्टि गरिसकेको पनि बताएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्