माओवादी बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल जारी, सदस्यलाई २-२ मिनेट – Janadesh Daily | ePaper

माओवादी बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल जारी, सदस्यलाई २-२ मिनेट


नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि छलफल चलिरहेको छ । प्रतिवेदनमाथि धारणा राख्ने केन्द्रीय सदस्यलाई २-२ मिनेटको समय छुट्याइएको छ ।

भोलिसम्म चल्ने बैठकमा निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे पनि छलफल हुनेछ । यसअघि आइतबार सुरु भएको बैठकमा प्रदेशका अध्यक्ष तथा इन्चार्जहरूले रिपोर्टीङ गरेका थिए । बैठकमा केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने, गठबन्धनमा कांग्रेससँगको सहकार्यबारे पुनर्विचार गर्नुपर्नेलगायतका माग उठेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्