साफ यु–२० च्याम्पियनसिप फुटबल: माल्दिभ्समाथि नेपालको सानदार जित – Janadesh Daily | ePaper

साफ यु–२० च्याम्पियनसिप फुटबल: माल्दिभ्समाथि नेपालको सानदार जित


जनादेश अपडेट।

भारतको भुवनेश्वरमा आज सोमबार सुरु भएको साफ यु–२० च्याम्पियनसिप फुटबलमा नेपालले राम्रो सुरुवात गरेको छ। पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराउँदै नेपालले च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको हो।

भुवनेश्वरको कालिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरेका थिए।

दीपेशले नेपालका लागि पहिलो गोल गरेका थिए। कप्तान आयुष घलानको फ्रिकिक प्रहारमा आएको बललाई माल्दिभ्सका गोलकिपरले पन्च गरेपछि रिबाउन्डमा प्राप्त बललाई दीपेशले गोल परिणत गरेका थिए। लगत्तै नेपालले गोलअन्तर दोब्बर गर्ने मौका पाएको थियो। कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। मनग्यले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै टोलीको जितलाई फराकिलो पारेका थिए।

यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो। नेपालले अर्को खेल बुधबार श्रीलंकासँग खेल्नेछ। त्यसैगरी साउन १५ गते आयोजक भारतको सामना गर्नेछ। राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ। सहभागी ५ टोलीको राउन्ड रोविनपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्