साफ यू २० मा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-० गोलले पराजित – Janadesh Daily | ePaper

साफ यू २० मा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-० गोलले पराजित


जनादेश स्पोर्ट्स अपडेट।

साफ यू २० च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। भारतको भुवनेश्वरमा सम्पन्न खेलमा श्रीलंकामाथि ३-० को जित निकालेसँगै नेपाल लगातार दुई खेलमा विजयी भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको तीनवटै गोल दोस्रो हाफमा भएको थियो। नेपालका लागि पहिलो गोल खेलको ५८ औं मिनेटमा कप्तान आयुस घलानले गरे। दोस्रो गोल आयुसकै पासमा कृतिश रत्न छोन्जुले गरे। त्यस्तै खेलको सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनग्य नकर्मीले ८४ औं मिनेटमा गरे।

योसँगै लगातार दोस्रो खेलमा जित निकालेको नेपालले फाइनल प्रवेशको बाटो बलियो बनाउँदै लगेको छ भने पहिलो खेलमा बंगलादेशसँग पराजय ब्यहोरेको श्रीलंकाले लगातार दोस्रो हार ब्यहोरेको छ। नेपालले अघिल्लो खेलमा माल्दिभ्समाथि ४-० गोलअन्तरको जित निकालेको थियो।

आजै सम्पन्न पहिलो खेलमा बंगलादेशले भारतलाई २-१ गोलअन्तरले हराएको थियो।

नेपालले तेस्रो खेलमा भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबिच अगस्ट ५ मा फाइनल खेल हुनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्