आइसिसीले जारी गरेको एक दिवसीय वरियतामा नेपाल यथावत् – Janadesh Daily | ePaper

आइसिसीले जारी गरेको एक दिवसीय वरियतामा नेपाल यथावत्


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ ।

आइसिसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।

नयाँ वरियतामा न्यूजील्याण्ड पहिलो स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । यसैगरी साउथ अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्टइन्डिज नवौँ तथा अफगानिस्तान दशौँ स्थानम रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्